Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भुवन केसी भन्छन् – कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला बढ्यो

    भुवन केसी भन्छन् – कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 513
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनीयता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको टिप्पणी गरेका छन् ।

    मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताए । प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको उनको भनाई छ ।



    साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको अध्यक्ष केसीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार