Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनको राजधानीमा बढ्दै कोभिड संक्रमण

    चीनको राजधानीमा बढ्दै कोभिड संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

    सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो ।



    सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् ।



    चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।

    चीनले शून्य–कोभिड नीतिबाट पछि हट्ने घोषणा गरेसँगै धेरै बिरामीले घरमै उपचार गर्न थालेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार