Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

    रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यादेशको पक्षमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न ल्याउन लागिएको अध्यादेश फिर्ताको माग गर्दै नागरिक अगुवाहरूले प्रर्दशन गरेलगत्तै नागरिक उन्मुक्तिले पक्षमा प्रदर्शन गरेको हो ।



    प्लेकार्डसहित माइतीघरमा भेला भएका नागरिक उन्मुक्ति पार्टी समर्थकले रेशम चौधरीको रिहाइको माग गरेका छन् ।



    सरकारले रेशम चौधरीलगायतलाई छुटाउन आइतवार अध्यादेश जारी गरेको थियो ।

    नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरी रिहा हुनुपर्ने शर्त राखेपछि सरकारले उनलाई रिहा गर्न अध्यादेश ल्याएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार