Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्वारा काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त

    प्रधानमन्त्री देउवाद्वारा काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 498
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले बस दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।



    बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका हुन्।



    ‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

    हिजो मंगलबार साँझ बेथानचोक–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भई बनेपातर्फ आउँदै गरेको बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकहरूमध्ये १३ जनाको सनाखत भईसकेको छ ।

    ४ जनाको सनाखत हुन बाँकी छ । घाइतेहरूको अस्पतालमा उपचार भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार