Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेरुका पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

    पेरुका पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । पेरुका भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले सो आदेश दिएका हुन् ।

    पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले डेढ वर्ष माग गरेको थियो तर टोरेसको हिरासत समयबारे केही उल्लेख नगरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छन् । कास्टिलोलाई कम्तीमा १० वर्षको कारावासको सजायको माग गरिएको छ ।



    राज्यद्रोह र षड्यन्त्रको अभियोगमा गत साता पूर्वराष्ट्रपति कास्टिलोलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरेपछि देशभर आन्दोलनले अशान्ति फैलाएको छ ।



    पूर्वराष्ट्रपतिका समर्थकले आयोजना गरेको आम हडताल र आन्दोलनका क्रममा १४ जनाको मृत्यु भएको छ भने कैयौं प्रहरी र सर्वसाधारण घाइते भएका छन् । घाइते चालीस जनालाई अस्पताल भर्ना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार