Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो, प्रदर्शनमा ४७ जना मारिए

    पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो, प्रदर्शनमा ४७ जना मारिए

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 447
    SHARES

    एजेन्सी । पेरुमा एकजना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि प्रहरी अधिकृतको ज्युँदै जलाएर मारिएको हो ।

    पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।



    एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो।



    करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूलाई आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार