Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेरुमा प्रदर्शन उग्र बन्दै, राजधानी लिमासहितका क्षेत्रमा आपत्काल घोषणा

    पेरुमा प्रदर्शन उग्र बन्दै, राजधानी लिमासहितका क्षेत्रमा आपत्काल घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 477
    SHARES

    एजेन्सी । पेरुको सरकारले राजधानी लिमा र अरू तीन क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।

    राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले राजधानीसहित आन्दोलन चर्किएका क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको एएफपीले जनाएको छ ।



    प्रदर्शनका क्रममा सुरक्षा फौजले बल प्रयोग गर्दा ४२ जनाको ज्यान गइसकेको छ । राष्ट्रपतिले ३० दिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्दै आन्दोलनमाथि हस्तक्षेप गर्न सेनालाई अधिकार दिएका छन् ।



    अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले डिसेम्बरदेखि पेरुका सडकमा र्‍याली र नाकाबन्दी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार