Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लामो समय हाजिर नभएपछि बेपत्ता चिकित्सक खोज्दै वीर अस्पताल

    लामो समय हाजिर नभएपछि बेपत्ता चिकित्सक खोज्दै वीर अस्पताल

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ ।

    लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।



    वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् ।



    उनीहरूलाई सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

    वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार