Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विश्वकप फाइनल हेर्न फ्रान्सेली राष्ट्रपति म्याक्रों कतारमा

    विश्वकप फाइनल हेर्न फ्रान्सेली राष्ट्रपति म्याक्रों कतारमा

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 720
    SHARES

    काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों फिफा विश्वकप २०२२ को फाइनल खेल हेर्नका लागि कतारमा जाने भएका छन् ।

    खेलाडी र शुभचिन्तकलाई साथ दिन फ्रान्सेली राष्ट्रपति म्याक्रोँ आइतबार कतार जान लागेका हुन् ।



    फ्रान्सले उपाधिका लागि आज अर्जेन्टिनाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल राति ८ः४५ देखि लुसेल स्टेडियमा सुरु हुनेछ ।



    उनले भने, ‘लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु ।’

    अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन् ।

    कतारको खलिफा रङ्गशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार