Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिना २ गोलले अगाडि

    पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिना २ गोलले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 669
    SHARES

    काठमाडौं । फिफा विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ ।

    लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको हो । कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो ।



    मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो ।



    अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार