Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनले गराए उम्मेदवारी दर्ता

    कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनले गराए उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ ।  सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट महामन्त्री गगनकुमार थापाको उम्मेदवारी दर्ता गराएका हुन् ।

    देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्।



    त्यस्तै, गगन थापाको प्रस्तावकमा डा.शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् ।



    दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । कांग्रेस संसदीय दलको नेताका लागि बिहीबार निर्वाचन हुँदैछ।

    उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार