Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा – बाबुराम र महिन्द्र राय यादवबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा – बाबुराम र महिन्द्र राय यादवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 660
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

    बिहीबार बिहान देउवालाई भेट्न पूर्वप्रधानमन्त्री डा.भट्टराई बालुवाटार पुगेका हुन्। संसदीय दलको नेता निर्वाचित भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट बधाई दिन बालुवाटार पुगेको बताएका छन्।



    देउवा र भट्टराईको छलफल भइरहेको समयमा नै नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि बालुवाटार पुगेका थिए। उनीहरुबीच सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल भएको छ।



    स्रोतका अनुसार भट्टराईले देउवा समक्ष अहिलेको गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

    उनले गठबन्धनभित्र छलफल गरेर सबै पद बाँडफाँड गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार