Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मानव बेचबिखनमा संलग्न दुई चिनियाँ नागरिक पूर्पक्षका लागि थुनामा

    मानव बेचबिखनमा संलग्न दुई चिनियाँ नागरिक पूर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुईजना चिनियाँलाई अदालतले थुनामा पठाएको छ ।

    मानव बेचबिखन ब्यूरोले ठमेलमा बस्दै आएका चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई पक्राउ गरेको हो।



    आरोपीहरुले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा मासिक १५ सय डलरमा काममा लगाउने आश्वासन दिएर भदौ १७ मा काठमाडौंबाट लाओस लगेका थिए ।



    भारत र थाइल्याण्ड हुँदै लाओस लगेर बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम गराएर उनीहरूले पीडितहरूसँग ३ लाख ९० हजार रकम लिएको आरोप छ ।

    उजुरीको आधारमा प्रहरीले ठमेल र त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर उनीहरुलाई मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरुलाई पूर्पक्षका लागि कारगार कार्यालय जगन्नाथदेवल चलान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार