Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

    सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य रावलले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 831
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् ।

    रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।



    रावलले अब प्रदेशसभा भवनमा अन्य प्रदेशसभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।



    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्।

    यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार