Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वनभोज खान गएका युवाबीच खुकुरी हानाहान

    वनभोज खान गएका युवाबीच खुकुरी हानाहान

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 669
    SHARES

    सांकेतिक तस्विर

    गुल्मी । वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीमा युवाहरुबीच खुकुरी हानाहान भएको छ ।

    जिल्लाको मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो ।



    खुकुरी प्रहारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँको दाइने हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ । घटनामा मासु काट्न लगेको खुकुरी प्रयोग भएको बताइएको छ ।



    खुकुरी प्रहार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार