Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिम्रौनगढ नगरपालिकामा विवाद : झडप रोक्न १५ सेल टियर ग्याँस प्रहार, ११ जना घाइते

    सिम्रौनगढ नगरपालिकामा विवाद : झडप रोक्न १५ सेल टियर ग्याँस प्रहार, ११ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 828
    SHARES

    फाइल फोटो

    बारा । कर्मचारी हेरफेर गरेको विरोधमा बिहिबार दुई पक्षबीच भएको विवाद रोक्न प्रहरीले १५ सेल टियर ग्याँस चलाएको छ ।

    बाराको सिम्रौनगढ नगरपालिकाका शिक्षा र स्वास्थ्य शाखा संयोजकलाई सो पदबाट हटाएर अन्यमा सरुवा गरेको भन्दै कर्मचारीहरुबीच भएको विवाद रोक्न बारा प्रहरीले टियर ग्याँस चलाएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।



    पालिकामा कर्मचारीहरुबीच भएकोे विवादसहितका झगडा रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले ग्याँस फायर गरेर विवादित ब्यक्तिहरुलाई तितरबितर गरिएको उनले बताए ।



    झड्पसहितका विवादमा प्रहरी चार, नगरप्रहरी तीन र सर्वसाधारण चार जना गरी ११ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भई फिर्ता गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार