Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कारबाहीबाट बच्न दोषारोपण ?

    कारबाहीबाट बच्न दोषारोपण ?

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 558
    SHARES

    Bir Hospital

    काठमाडौं । वीर अस्पताल स्वास्थ्य सेवाले भन्दा पनि अनियमितता र भ्रष्टाचारले पटक–पटक चर्चामा आइरहन्छ । स्वास्थ्य सामाग्री खदिददेखि सरसफाई सम्बन्धी टेण्डरमा समेत पटक–पटक विवादमा पर्दै आएको वीर अस्पतालभित्र अहिले फेरि कर्मचारीहरुबीच दोषारोपण शुरु भएको छ ।

    अस्पतालले खरिद गर्ने हरेक सामानहरुको स्पेक बनाउँदा नै ठूलो आर्थिक चलखेल हुने गरेको भन्दै अस्पतालभित्र गाईंगुई हल्ला चलेपछि कर्मचारीहरुबीच नै दोषारोपण शुरु भएको स्रोतको दावी छ ।



    वीर अस्पतालको खरिद इकाईका केही कर्मचारी आफ्नो अनियमितता लुकाउन अस्पतालका कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेतमाथि दोषारोपण गर्न थलेपछि विवादले उग्र्र रुप लिएको बताइएको छ । टेण्डर प्रक्रियामा नै अनियमितता गरेर सीमित व्यक्ति एवं संस्थाहरुलाई लाभ हुने गरि कार्य गर्दै आएका खरिद ईकाईका कर्मचारीमाथि अस्पतालले आन्तरिक छानबिन गर्न खोज्दा उनीहरु निर्देशकमाथि दोष थोपरेर बच्न खोजिरहेका छन् ।



    खरिद इकाइमा रहेका शाखा अधिकृत डमरु दाहालदेखि डा. अनिल श्रेष्ठसमेत यो काण्डमा मुछिएका छन् । दाहाल यसअघि रोशी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विवादमा तानिएका थिए । दाहालको समूहमाथि मेडिकल उपकरण, सर्जिकल उपकरण, केमिकल, सरसफाइलगायत टेन्डर आफूनिकट ब्यापारीलाई दिलाउन स्पेक बनाउँदा नै अनियमितता गर्दै आएको आरोप लाग्दै आएको छ ।

    यसको पछिल्लो उदाहरण एक वर्ष अघि भएको ओटी लाइट र ओटि टेलरको टेण्डरलाई लिन सकिने वीरका कर्मचारीहरु बताउँछन् । उक्त टेण्डरको स्पेक बनाउँदा दाहाल र श्रेष्ठको समूहले केएलएस मार्टिन नामक कम्पनीले मात्र भाग लिन पाउने गरी बनाएको भन्दै त्यतिबेला नै विवाद भएको थियो ।

    अन्य ब्यापारीहरुले आफूहरूलाई टेन्डर फाराम भर्न नपाउने गरी स्पेसिफिकेशन बनाएको भन्दै खरिद इकाइका केही कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयसम्ममा उजुरी दर्ता गराएका थिए ।

    यस बारे अस्पताल प्रशासनले पनि प्रि–बिड मिटिङ राखेर सबै ब्यापारीको राय समेत बुझेको थियो । खरिद ईकाईक केही कर्मचारीहरुले सो मिटिङको सुझाब विपरीत आफू निकटको फर्मलाई हुने गरी टेण्डर आब्हान गर्न थालेपछि अहिले फेरि विवाद चर्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार