Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेयरमा निर्वाचित भएपछि बालेन पहिलोपटक विदेश भ्रमणमा, इन्डोनेसिया प्रस्थान

    मेयरमा निर्वाचित भएपछि बालेन पहिलोपटक विदेश भ्रमणमा, इन्डोनेसिया प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया भ्रमणमा गएका छन् ।

    मेयर बालेन निजी भ्रमणको लागि मंगलबार इन्डोनेसिया प्रस्थान गरेका हुन् ।



    मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने, ‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो ।’



    उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् ।

    यद्यपी यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम होइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार