Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान

    एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।

    बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    वरिष्ठ उपाध्यक्ष पोखरेलले भोलि शुक्रबार आयोजना हुने महाधिवेशनको उद्घाटनसत्रमा एमाले पार्टीको सन्देशसहितको धारणा राख्ने बताइएको छ ।



    नेता पोखरेलसँग एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि ढाका गएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल शनिबार नेपाल फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार