Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीमा खगराज र वाग्मतीमा शालिकराम आज मुख्यमन्त्री बन्दै

    गण्डकीमा खगराज र वाग्मतीमा शालिकराम आज मुख्यमन्त्री बन्दै

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 507
    SHARES

    काठमाडौं । वाग्मती र गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुने भएका छन् । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

    वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।



    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।



    वाग्मतीमा नेकपा (माओवाादी केन्द्र) का प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

    अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार