Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ३ मन्त्रीले लिए शपथ

    गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित ३ मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 567
    SHARES

    पोखरा । नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।



    शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ रहेका छन् । उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।



    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

    एमाले संसदीय दलका नेता अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार