Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

    प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 501
    SHARES

    बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

    सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो ।



    माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए ।



    दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार