Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 630
    SHARES

    काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।

    मुख्यमन्त्री कार्कीले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन् ।



    ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसदको समर्थन रहेको छ ।



    प्रदेश १ सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग गर्दै माओवादी केन्द्र भने पहिलो पटक गठन भएको मन्त्रीमण्डलमा समावेश भएको थिएन । आज भने माओवादी केन्द्रसहित सरकारमा सामेल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार