Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कम्बोडियामा ज्यान गुमाएका निराकारको शव झापा ल्याइयो, आज अन्त्येष्टि गरिँदै

    कम्बोडियामा ज्यान गुमाएका निराकारको शव झापा ल्याइयो, आज अन्त्येष्टि गरिँदै

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 678
    SHARES

    झापा । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो)मा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकार पाण्डेको आज कनकाई माइमा अन्त्येष्टि गरिँदैछ ।

    शुक्रबार काठमाडौँ ल्याइएको उनको शव शनिबार बिहान झापा ल्याएर कनकाई माइमा अन्त्येष्टि गरिन लागिएको हो ।



    गत पुस १४ गते कम्बोडियामा निधन भएका पाण्डेको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो ।



    बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो ।

    उनको क्यासिनोमा आगलागी हुँदा होटेलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार