Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वाग्मतीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    वाग्मतीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।



    प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो ।



    उक्त प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

    आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । बागमतीमा गत पुस २६ मा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए। त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा मन्त्रालय सं‌ख्या घटाएर राज्यलाई भार कटौती गर्न लागेको बताएका थिए। गण्डकी, कर्णालीलगायत प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार