Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सको घरमा पनि भेटिए गोप्य दस्तावेज

    अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सको घरमा पनि भेटिए गोप्य दस्तावेज

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 597
    SHARES

    एजेन्सी । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सको निवासमा गोप्य सरकारी दस्तावेज फेला पारिएको छ । अमेरिकी सरकारमा सेवा गरेका उच्च पदस्थ अधिकारीहरुका घरमा गोप्य कागजात भेटिएको यो पछिल्लो घटना हो ।

    गत साता एकजना वकिलले इण्डियानास्थित पेन्सको निवासमा भेटाएका ती कागजात अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) लाई हस्तान्तरण गरिएको छ ।



    अनुसन्धानकर्ताहरुले यसअघि पटकपटक राष्ट्रपति जो बाइडेनका निवास र कार्यालयमा भेटिएका यस्तै गोप्य कागजातमाथि पनि छानबिन गरिरहेका छन् ।



    यसैगरी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि गोप्य सरकारी फाइलहरु दुरुपयोग गरेको आरोपमा आपराधिक अनुसन्धान जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार