Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जासुसीको आरोपमा अमेरिकामा चिनियाँ इन्जिनियरलाई कैद सजाय

    जासुसीको आरोपमा अमेरिकामा चिनियाँ इन्जिनियरलाई कैद सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 468
    SHARES

    एजेन्सी । अमेरिकामा जासुसी गरेवापत एकजना चिनियाँ इन्जिनियरलाई त्यहाँको अदालतले आठ वर्ष लामो काराबास सजाय सुनाएको छ ।

    सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो ।



    ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए ।



    जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार