Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रविले राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले लिए गृहको जिम्मेवारी

    रविले राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले लिए गृहको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

    रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।



    सर्वोच्च अदालतले पदमुक्त गरेपछि रविले फेरि राजीनामा दिएका हुन् । मन्त्रीबाट स्वतः हटेपछि लामिछाने निजी गाडीमै सिंहदरबारबाट बाहिरिएका थिए।



    सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको छ ।

    लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार