Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती हो : नेता भण्डारी

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती हो : नेता भण्डारी

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको टिप्पणी गरेका छन् ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकताका कारण मुलूकलाई नराम्रो असर पारेको उनको आरोप छ ।



    उनले भने, ‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन । ३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो ।’



    प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो । अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने ठोकुवा गरे । उनले प्रचण्ड जता पनि टर्न लिनसक्ने नेता भएको चित्रण गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार