Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै मलेसियाका गृहमन्त्री फुद्दिन

    तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै मलेसियाका गृहमन्त्री फुद्दिन

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन् ।

    कामदार आपूर्ति गर्ने मुलुक भ्रमणका क्रममा मलेसियालीमन्त्री इजमायल तीनदिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।



    इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ।



    नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो ।

    नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार