Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कैलालीबाट लागूऔषधसहित एकजना पक्राउ

    कैलालीबाट लागूऔषधसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 516
    SHARES

    कैलाली । कैलालीको एक होटलबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ बसपार्क स्थित पहाड लाईनमा रहेको धनबहादुर बुढाले सञ्चालन गरेको छब्बिसपाथिभरा बझाङ होटलबाट छब्बिसपाथिभारा–६ का २९ वर्षीय सत्यनारायण फुलारा रहेका छन् ।



    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका फुलाराको साथबाट चरेस जस्तो देखिने कालो वस्तु एक किलो ५ ग्राम बरामद गरिएको छ ।

    पक्राउ परेका फुलारालाई अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार