Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 420
    SHARES

    काठमाडौं । देशका हिमाली भेगमा शनिबार हिमापातको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको र देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा भने हुस्सुरकुहिरो लागेको छ ।



    शनिबार दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।



    हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार