Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने जनार्दन शर्माको दाबी

    सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने जनार्दन शर्माको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

    पूर्वअर्थमन्त्री समेत रहेका शर्माले गठबन्धनबाटै सहमति खोजिने र गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहुने बताएका हुन् ।



    शर्माले भने, ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र सत्ता गठबन्धनबाटै सहमति खोजिन्छ ।’



    शर्माले अहिले गठबन्धनमा खटपट भएको कुरा बाहिरी हल्लामात्र भन्दै त्यस्तो केही नभएको दाबीसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार