Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डिजेल खपत २७ प्रतिशत घट्यो

    डिजेल खपत २७ प्रतिशत घट्यो

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा डिजेल खपत २७ प्रतिशतले घटेको छ ।

    चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म डिजेल खपत २७ प्रतिशतले कमी आएको हो । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, भारतमा भन्दा नेपालमा डिजेल मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कम भएको छ ।



    नेपाल आयल निगमका अनुसार आव २०७९/८० को साउनदेखि माघ १५ गतेसम्म छ लाख ६४ हजार ३५१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नौ लाख १० हजार ६३१ किलोलिटर डिजेल आयात भएको थियो ।



    निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धन खपत २५ देखि ३० प्रतिशत कमी भएको जानकारी दिए । “विकास निर्माणको काममा डिजेल खपत बढी हुने गर्छ, यो वर्ष विकास निर्माणको काम नहुँदा डिजेलको खपतमा उल्लेख्य कमी आएको हो,” उनले भने । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार