Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपचार सेवा माग्दै बिरामीहरुले वीर अस्पताल अगाडि गरे प्रदर्शन

    उपचार सेवा माग्दै बिरामीहरुले वीर अस्पताल अगाडि गरे प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 624
    SHARES

    काठमाडौं । उपचार सेवा माग गर्दै वीर अस्पताल अगाडि बिरामीहरुले गरे प्रदर्शन गरेका छन् ।

    उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।



    सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।



    नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

    आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

    स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार