Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भानुभक्त ढकालको अध्यक्षतामा महाधिवेशन-९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा

    भानुभक्त ढकालको अध्यक्षतामा महाधिवेशन-९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 591
    SHARES

    काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशन सञ्चालनका लागि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।

    उद्घाटनसत्रपछि सुरू भएको बन्दसत्रमा निवर्तमान अध्यक्ष सुनिता बरालले आफ्नो कमिटी भंग भएको घोषणा गर्दै अध्यक्ष मण्डलको नाम प्रस्ताव गरेकी हुन् । अध्यक्ष मण्डलमा अनेरास्ववियुका पूर्वइन्चार्जहरू खिमलाल भट्टराई र विनोदढकाल समेत छन् ।



    त्यस्तै संयन्त्रकी उपप्रमुख रचना खड्का, अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलसहित पूर्वअध्यक्षहरू किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराल अध्यक्ष मण्डलमा रहेका छन् ।



    अध्यक्ष मण्डलले महाधिवेशनका बाँकी कामको नेतृत्व गर्नेछ भने उसले एमालेको निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि सघाउनेछ ।

    तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार