Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

    ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 519
    SHARES

    काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने निश्चितजस्तै भएको छ ।

    सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै त्यो मुद्दा सुनुवाइका लागि पालो तोकेको हो ।



    सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेसी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।



    सर्वोच्च अदालतले बुधबार प्रकाशित गरेको पेसी सूची अनुसार, १७ वटा नयाँ मुद्दा संवैधानिक नियुक्तिविरुद्धको मुद्दाअघि पालो तोकिएका छन् । त्यसपछि अरु २/३ वटा मुद्दा पनि भएकाले पालो नआउने निश्चित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार