Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै

    अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 606
    SHARES

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

    नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।



    शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ । महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन् ।



    महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।

    त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल विजयी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार