Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिरियामा इजरायलको हवाई आक्रमण, १५ जना घाइते

    सिरियामा इजरायलको हवाई आक्रमण, १५ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 600
    SHARES

    एजेन्सी । इजरायलले सिरियाको राजधानी दमास्कसमा क्षेप्यास्त्र आक्रमण गर्दा एक सैनिक सहित पाँचजनाको ज्यान गएको छ ।

    इरानबाट सिरियामा रहेका लडाकू समूहलाई जाने हतियार रोक्न उसले यस्तो आक्रमण गर्ने गरेको हो । घटनामा अन्य १५ जना घाइते भएको सिरियाको दाबी छ ।



    आक्रमण मध्यरातको केही मिनेटपछि भएको अनि इजरायलले क्षेप्यास्त्रहरूको लहर नै पठाएको हो ।



    गोलान हाइट्सबाछ उक्त क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । आक्रमणमा सर्वसाधारणका घरहरू पनि ध्वस्त भएका छन् ।

    इजरायल डिफेन्स फोर्सेसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले यसअघि पनि सिरियामा सरकारनियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमण गर्ने गरेको छ ।

    विशेषगरी बन्दरगाह र विमानस्थलहरूलाई उसले तारो बनाउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार