Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेशको नाम कोशी राख्ने प्रस्तावमा कांग्रेसद्वारा समर्थन फिर्ता

    प्रदेशको नाम कोशी राख्ने प्रस्तावमा कांग्रेसद्वारा समर्थन फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 492
    SHARES

    विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा समर्थन गरेको नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ ।

    प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका सांसद भूमि प्रसाद राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्।



    एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो।



    पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन। प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार