Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध अदालत बाहिर प्रदर्शन

    पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध अदालत बाहिर प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 522
    SHARES

    पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाहलाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

    न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।



    उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरे ।



    उच्च अदालतबाट आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भइसकेका छन् ।

    नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार