Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना

    संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 387
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ ।

    प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको छ ।



    अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो हप्तापछि नै बस्ने गरी बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ ।



    संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो ।

    गत पुस २५ देखि अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधिसभाले गति लिन नसक्ने भएका कारण संसद् प्रभावहीन हुन थालेको संसद्का एक अधिकारीले बताए ।

    प्रतिनिधिसभा नियमावली नबन्दा संसदीय समिति गठन हुन सकेका छैनन् भने कार्यव्यवस्था परामर्श समितिको पनि गठन हुन सकेको छैन । ‘प्रधानमन्त्री र मन्त्रीसँग संसद्मा हुने प्रश्नोत्तर पनि नयाँ नियमावलीबमोजिम गर्ने भनिए पनि नियमावली हुँदा सबै काम रोकिएको हो,’ ती अधिकारीले भने । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार