Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार अर्याल बागबजारबाट पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार अर्याल बागबजारबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 525
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं। प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई बागबजारबाट पक्राउ गरेको छ ।

    विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।



    उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले अर्याललाई बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसलगत्तै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



    अर्यालले २०७७ चैत ११ गते दिएको नविल बैंकको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार