Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अब राप्रपा र रास्वपाले राष्ट्रपतिमा कित्ता क्लियर गरे कारबाही हुन्छ : निर्वाचन आयोग

    अब राप्रपा र रास्वपाले राष्ट्रपतिमा कित्ता क्लियर गरे कारबाही हुन्छ : निर्वाचन आयोग

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 693
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् । राष्ट्रपति निर्वाचन आचारसंहिता लागू भएपछि राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले कित्ता क्लियर गर्न नपाउने भएका हुन् ।

    राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । यता एमालेले पौडेलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ ।



    नेम्वाङलाई मौनअवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रूपमा पौडेलको पक्षमा उभिएको अवस्था छ ।



    राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण अब उनीहरुले कित्ता क्लियर गर्ने नपाउने निर्वाचन आयोगले जनाएको छ ।

    राप्रपाले यसबारे निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    राष्ट्रपति र उपनिर्वाचनका लागि निर्वाचन आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार