Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महिला हाफ म्याराथनको उपाधि आर्मीकी न्यौपानेलाई

    महिला हाफ म्याराथनको उपाधि आर्मीकी न्यौपानेलाई

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 519
    SHARES

    तनहुँ । नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् ।

    त्रिभुवन आर्मी क्लबकी २८ बर्षीया न्यौपानेले व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दूरी एक घण्टा ४७ मिनेट ५१ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् ।



    तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको महिला हाफ म्याराथनका धावकहरू । ६४ जना धावक सहभागिता रहेको प्रतियोगितामा सोलुखुम्बुकी अनिता राई द्वितीय र जुम्लाकी विश्वरुपा बुढा तृतीय भएका छन् ।



    उनीहरुले उक्त दूरी क्रमशः एक घण्टा ५२ मिनेट २४ सेकेन्ड र एक घण्टा ५७ मिनेट ३२ सेकेन्डमा पूरा गरेका थिए । दौड प्रतियोगितामा ४ जना विदेशी नागरिकको पनि सहभागिता थियो ।

    प्रथमलाई ४१ हजार ७९, द्वितीयलाई ३१ हजार ७९, तृतीयलाई २१ हजार ७९ रुपैयाँसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार