Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा, फरार सांसदमाथि निगरानी

    राष्ट्रपति निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा, फरार सांसदमाथि निगरानी

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले करिब ९ सय जना जनशक्ति परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रपति निर्वाचनका लागि सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको हो ।

    मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । एसएसपी दानबहादुर कार्की कार्कीले मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने जानकारी दिए ।



    मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने भन्दै उनले मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको बताए । साथै एसएसपी कार्कीले फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने बताए ।



    ‘मतदान अगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरुको बसोबासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी प्रबन्ध गरेका छौं । गोप्य मतदान हुने भएकाले फोटो खिच्न पाइँदैन,’ एसएसपी कार्कीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार