Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • किशोरीमाथि सामूहिक बलात्कार, दुई किशोर पक्राउ

    किशोरीमाथि सामूहिक बलात्कार, दुई किशोर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 627
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार मात्रै पक्राउ गरिएको हो ।



    पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

    आरोपी पक्राउ परेपछि बुधबारउनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढेको डीएसपी चन्दले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार