Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • समस्याग्रस्त अर्थतन्त्रको भारी बोक्न को अर्थमन्त्री ?

    समस्याग्रस्त अर्थतन्त्रको भारी बोक्न को अर्थमन्त्री ?

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 474
    SHARES

    फाइल फोटो

    काठमाडौं । १० पुसमा आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटनाहरु ६५ दिनमै सरकारबाट बाहिरिएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत गठबन्धनमा रहेका दल अहिले सत्ता बाहिर छन् ।

    १५ फागुनमा नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अर्थसहित १६ मन्त्रालयको जिम्मेवारी एक्ला प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन् ।



    राष्ट्रपतिको निर्वाचनमा सत्ता समिकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेससहितका केही दल सरकारमा जाने तयारीमा छन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् । बिहीबार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने ३ चैतमा उपराष्ट्रपति निर्वाचन हुँदैछ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार