Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

    तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 420
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ तिलगङ्गामा ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट शनिबार पैदल यात्रीको मृत्यु भएको छ ।

    गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भएर हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।



    गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।



    यसैबीच काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन्। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार