Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपेन्द्र यादवलक्षित सिके राउतको कटाक्ष – मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा चुनाव तोकियो

    उपेन्द्र यादवलक्षित सिके राउतको कटाक्ष – मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा चुनाव तोकियो

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 624
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले निश्चित व्यक्तिलाई लक्षित गरेर बारा-२ मा तत्काल निर्वाचन गर्न लागिएको भन्दै आयोगमाथि प्रश्न उठाएका हुन् ।



    उक्त निर्वाचन क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा चलेका बेला गठबन्धनमा रहेका नेता राउतले त्यसप्रति संसद्‍मा नै आपत्ति जनाए ।



    यादवप्रति लक्षित गर्दै राउतले भने, ‘कसैलाई मन्त्रीबिना ३-४ महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले १०-२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन । यसले निर्वाचन आयोगको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।’

    राउतले बारा-२ लगायत उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचन निष्पक्ष हुनुपर्ने बताए । उनले सरकारले त्यस्ता निर्वाचनमा बल प्रयोग लगायतका कुरा गर्न नहुने र निर्वाचन आयोगमाथि कुनै पनि प्रकारको दबाब सिर्जना गर्न नहुने बताए ।

    बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० मा उपनिर्वाचन गर्ने आयोगले घोषणा गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार